२०८१ जेष्ठ १३ गते , आईतबार

एक्सन फिल्म ‘फाइटर’मा ऋतिक र दीपिका

sajilo news
पार्थ मण्डल
२०७८ असार २९ गते , मंगलबार
एक्सन फिल्म ‘फाइटर’मा ऋतिक र दीपिका

मुम्बई । अभिनेता ऋतिक रोशन फिल्म ‘ब्यांग ब्यांंग’ र ‘वार’ पछि निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा देखिँदैछन् । फिल्ममा ऋतिकको जोडीका रुपमा दीपिका पादुकोण देखिने भएकी छन् । ऋतिक र दीपिका पहिलो पटक जोडीका रुपमा यो फिल्ममा देखिन लागेका हुन् । हालै फिल्मको अफिसियल घोषणा क्रिटिक्स तरण आदर्शले गरेका छन् ।

फिल्मको रिलिज मिति ३० सेप्टेम्बर २०२२ बताइएको छ । यो भारतको पहिलो एरियल एक्सन फ्रेन्चाई फाइटर फिल्म हो । फिल्म वायकोम १८ स्टुडियो, ममता आनन्द, रमोन छिब र अंकु पाण्डेले निर्माण गर्न लागेका हुन् । विश्वका कयौ लोकेशनमा खिचिने बताइएको फिल्मको कथा सशस्त्र सेनाको देशप्रेम, त्यग र विरतामा आधारित रहनेछ । ऋतिकले गत १० जनवरीमा आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको घोषणा गरेका थिए । सो समय फिल्मको एक टिजर समेत सार्वजनिक गरिएको थियो ।

सम्बन्धित समाचार