२०७८ श्रावण २२ गते , शुक्रवार

काँकडभिट्टा बसपार्क अतिक्रमण गर्दै टहरा निमार्ण, यातायात व्यवसायी उत्रिए विरोधमा

काँकडभिट्टा बसपार्क अतिक्रमण गर्दै टहरा निमार्ण, यातायात व्यवसायी उत्रिए विरोधमा :: Times of Pradesh

झापा । झापाको मेचीनगर नगरपालिका ६ स्थित काँकरभिट्टा बसपार्क क्षेत्रमा निर्माण भइ रहेको टहराको बिषयलाई लिएर व्यवसायीहरुले विरोध जनाएका छन् ।
यातायात व्यवसायीहरुले शनिबार संयुक्त विज्ञप्ती प्रकाशित गर्दै बसपार्क क्षेत्र अतिक्रमण गर्दै टहरा निमार्ण गरिएको भन्दै विरोध जनाएका हुन् । १२ वटा यातायात व्यवसायी, होटल व्यवसायी संघ मेचीनगर तथा ट्राभल्स संघ झापासहित विभिन्न १४ वटा व्यवसायी संघका अध्यक्षहरुद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तीमा नगरपालिकाले सरोकारवालाहरुसँग कुनै समन्वय नगरी बसपार्क क्षेत्र साँघुरो बनाउदै तीन दर्जन सटर कोठा निर्माण गरिरहेको जनाइएको छ ।

विज्ञप्तीमा फुटपाथ पसले, खुद्रा व्यापारीलगायतलाई समेट्नका लागि निर्माण भइरहेको कार्य तत्काल बन्द गरी बसपार्कको उत्तरतर्फ रहेको हालको सटर कोठा माथी ट्रस निर्माण गरी वैकल्पिक व्यवस्थापन गर्न सकिने उल्लेख छ ।

व्यवसायीहरुले हालको मिनि मार्केटलाई व्यवस्थित सपिङ सेन्टर निर्माण गरी सयौं पसलहरुको व्यवस्थापन गर्न सकिने भन्दै हाल भइरहेको बस पार्क अतिक्रमण विरुद्ध आवाज उठाउन सबैमा अपिलसमेत गरेका छन् ।      



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment