२०८२ फाल्गुन ७ गते , विहीबार

मेची अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा.बाह्रकोटी नियुक्त

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २८ गते , शुक्रबार
मेची अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा.बाह्रकोटी नियुक्त

झापा । प्रदेश १ सरकारले झापाको भद्रपुरस्थित मेची अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. टंक बाह्रकोटीलाई नियुक्त गरेको छ । डा. पिताम्बर ठाकुरले अवकास पाएपछि बाह्रकोटीले सो जिम्मेवारी पाएका हुन् ।

सात वर्षअघि नै ११ औं तहमा (सहसचिव) बढुवा भएका बाह्रकोटी अस्पतालमा प्रमुख बाल रोग विशेषज्ञका रुपमा कार्यरत थिए । डा. बाह्रकोटी ०६४ देखि ७०-०७१ देखि हालसम्म मेची अस्पतालमा सेवा गरिरहेका छन् । सरकारी स्वास्थ्य सेवामा २२ वर्षदेखी क्रियाशिल डा। बाह्रकोटीले जिम्मेवारीलाई प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

डा.बाह्रकोटीले अस्पतालमा भएका सेवालाई व्यवस्थित गर्ने र नभएका सेवालाई थप गर्दै जाने बताएका छन् । उनले सरकारसँग आवश्यक समन्वय गरेर मेची अस्पताललाई विकास गर्दै लैजाने जानकारी दिए ।

सम्बन्धित समाचार