२०८१ मंसीर २० गते , विहीबार
झापा गाउँपालिकामा ब्राउन सुगरसहित एक युवक पक्राउ
झापा । झापा गाउँपालिकामा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका वडा ४ का १८ वर्षीय दिलशाद आलम रहेका छन् । विशेष सुराकको आधारमा टाँघनडुब्बाका बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमान्ड रहेको टोलीले हिजो बेलुका ४ बजे झापा–४ को विलायतीबारीमा रहेको नेपाल–भारत सीमाको १३३ पिलरको दशगजा क्षेत्रमा आलमलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट २३.०५ ग्राम ब्राउन सुगर फेला परेको थियो । लागू औषधसहित पक्राउ परेका आलमलाई आवश्यक कारबाहीका लागि हिजो नै इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइएको निरीक्षक प्रधानले बताए ।