२०७८ जेष्ठ ३० गते , आईतवार

बैङ्किङ कसुर मुद्दाका फरार मेचीनगरका ढुङ्गाना पक्राउ

बैङ्किङ कसुर मुद्दाका फरार मेचीनगरका ढुङ्गाना पक्राउ :: Times of Pradesh

झापा । बैङ्किङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ७ का ४१ वर्षीय पुष्पराज ढुङ्गाना रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार उच्च अदालत विराटनगर, इलाम इजलासले २०७६ फागुन २० गते बैङ्किङ कसुर मुद्दामा ढुङ्गानालाई दश दिन कैद, १७ लाख ७० हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा रु ७० हजार ८ सय रुपैयाँ दाखिला गर्नुपर्ने फैसला सुनाएको थियो ।

हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि झापा कारागार भद्रपुर पठाउने जनाइएको छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment