२०७८ जेष्ठ २९ गते , शनिवार

बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै माइतीघरमा प्रदर्शन, ६ जना पक्राउ

बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै माइतीघरमा प्रदर्शन, ६ जना पक्राउ :: Times of Pradesh

काठमाडौं । सरकारले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ। माइतीघरमा भएको प्रदर्शनमा  ‘चोरबाटोबाट सम्बन्धन दिने काम बन्द गर, कानुन मिच्न पाइँदैन, चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप बन्द गरु भन्दै युवाले प्रदर्शन गरेका थिए। प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ। प्रहरीले ६ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।  

सोलिडारिटी फर डा। गोविन्द केसीको आह्वानमा बिहीबार माइतीघर मण्डलामा प्रदर्शन भएको थियो। प्रदर्शनकारीले  प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दूषित स्वार्थपूर्तिका खातिर कानुन बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दुूरुपयोग गर्ने कार्य गर्दै आएको आरोप लगाएका छन्। आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारीकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक पनि प्रधानमन्त्री रहेको उनीहरुको आरोप थियो। थाहाखबरबाट



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment