२०८२ फाल्गुन ४ गते , सोमबार

मेची अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २७ गते , विहीबार
मेची अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

झापा । मेची अस्पतालको कोभिड उपचार केन्द्रमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी र भद्रपुरका एक महिला र एक पुरुष छन् । हल्दिबारी ५ की राई समुदायकी ७१ वर्षिया वृद्धाको बिहीबार बिहान मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए ।

योसँगै कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या हल्दिबारीमा ६ पुगेको छ । त्यस्तै भद्रपुर ४ का लिम्बू समुदायका ६४ वर्षिय वृद्धको बुधबार बेलुका ७.५० बजे मेचीमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य फोकल पर्सन मनोज भट्टराईले बताए । योसँगै कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको सँख्या भद्रपुरमा २१ पुगेको छ ।

सम्बन्धित समाचार