२०७८ जेष्ठ ३० गते , आईतवार

भद्रपुरका दुई फरार प्रतिवादी झापा कारागार चलान

भद्रपुरका दुई फरार प्रतिवादी झापा कारागार चलान :: Times of Pradesh

झापा । बैङ्किङ कसुर र चोरी मुद्दाका भद्रपुरका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनालाई झापा कारागार भद्रपुर चलान गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ । कारागार चलान गरिएका भद्रपुर ७ निवासी ३२ वर्षीय सुदिप भट्टराई र वडा १ निवासी ३८ वर्षीय मदन सुब्बा योङहाङ रहेका छन् । बैङ्किङ कसुर मुद्दामा भट्टराईलाई उच्च अदालत पाटनले २०७६ मङ्सिर २८ गते दुई दिन कैद , २ लाख ७५ हजार जरिवाना र पीडित राहत कोषमा २२ हजार रुपैयाँ जम्मा गर्नु पर्ने फैसला सुनाएको थियो ।

तर, हालसम्म फरार रहेका उनलाई मङ्गलवार पक्राउ गरिएको हो । त्यस्तै चोरी मुद्दामा योङहाङलाई पुनरावेदन अदालत इलामले २०७३ वैशाख ७ गते एक महिना १५दिन कैद र ४७ हजार २८५ रुपैयाँ जरिवाना तोकेको थियो । फरार रहेका योङहाङ बुधवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment