२०७८ जेष्ठ २९ गते , शनिवार

पेस्तोल र राइफलको गोलीसहित दुई जना पक्राउ

पेस्तोल र राइफलको गोलीसहित दुई जना पक्राउ :: Times of Pradesh

झापा ।  मोरङको केराबारी गाउँपालिका ९ देवीझोडाबाट पेस्तोल र राइफलको गोलीसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा ुसोही ठाउँका स्थानीय ५१ वर्षीय गणेश लिम्बु र बेलवारी नगरपालिका २ लाल भित्तिका ४१ वर्षीय पदम कुमार लिम्बुलाई मङ्गलवार अपराह्न साँढे ५ बजे पक्राउ गरेको हो । प्रहरीले  लिम्बुको घरबाट एक थान कटुवा पेस्तोल, ३०३ राइफलको गोली ५ थान, गोली लोड गर्ने चाँचर २ थान र पेस्तोलको गोली एक थान बरामद गरेको थियो ।

यसै गरी घर नजिकै पार्किङ गरी राखिएको पदम कुमार लिम्बुको नाममा रहेको को १ च ८३८६ नम्बरको कारबाट धारिलो हतियार खुकुरी एक थान र चक्कु एक थान समेत प्रहरीले बरामद गरेको छ । हातहतियार र गोली सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment