झापामा कोरोनाबाट ६ जनाको मृत्यु, थपिए २७६ संक्रमित, निको १५६

झापा । झापामा मङ्गलवार २७६ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै जिल्लामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । ९७ महिलासहित २७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा दमक–४ की ५८ वर्षीया महिला, बुद्वशान्तिका ५२ वर्षीय महिला, शिवसताक्षी–४ का ६८ वर्षीय पुरुष, भद्रपुर–१ का ४९ वर्षीय पुरुष, मेचीनगर–२ का ४३ वर्षीय पुरुष र दमक–२ की ५७ वर्षीया महिला रहेको कार्यालयले जनाएको छ ।
संक्रमित थपिएकामध्ये दमकमा १४ महिलासहित २७ जना, बिर्तामोडमा १० महिलासहित ३५ जना, गौरादहमा १ जना पुरुष, मेचीनगरमा २६ महिलासहित ५० जना, भद्रपुरमा २३ महिलासहित ५४ जना, कनकाईमा ४ महिलासहित ९ जना, हल्दिबारीमा १ महिलासहित ६ जना, अर्जुनधारामा ६ महिलासहित १७ जना, बुद्वशान्तिमा २ महिलासहित ५ जना, गौरीगञ्जमा १ जना पुरुष, कचनकवलमा १ महिलासहित ५ जना, कमलमा ३ महिलासहित ५ जना, शिवसताक्षीमा ७ महिलासहित १० जना, झापामा १ जना पुरुष र ठेगाना नखुलेको २ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
योसँगै झापामा सङ्क्रमितको सङ्ख्या ११७८३, डिस्चार्ज ७२४९, आइसोलेसनमा ४२२६ जना, कुल संक्रमित एन्टिजेन १३०२ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको सङ्ख्या २७८ जना र आज निको भएर घर फर्किएका १५६ जना रहेको छ ।