२०८२ बैशाख १६ गते , मंगलबार
शिवसताक्षीका कोरोना संक्रमितको आम्दा अस्पतालमा मृत्यु

झापा । झापाको शिवसताक्षीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ४ निवासी सिटौला थरका ८६ वर्षिय वृद्ध रहेका छन् । उनको गएराति उपचारका क्रममा दमकको आम्दा अस्पतालमा मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिएका छन् । उनी केही दिन अघिदेखि आम्दा अस्पतालमा उपचाररत रहेका थिए ।