भद्रपुर र हल्दिबारीमा उपचाररत ८० जना सङ्क्रमितलाई पौष्टिक खानेकुरा र स्वास्थ्य सामग्री वितरण

झापा । झापाका कोरोना संक्रमित बिरामीलाई पौष्टिक खानेकुरासहित स्वास्थ्य सामाग्री वितरण गरिएको छ । योगदान राष्ट्रियको लागि जिल्ला समिति झापाले मेची कोभिड उपचार केन्द्र भद्रपुर, कलवलगुढी आइसोलेसन सेन्टर, हल्दिबारी आइसोलेसनमा उपचाररत ८० जना संक्रमित बिरामीलाई आइतबार एक संक्षिप्त कार्यक्रमको आयोजना गरी स्वास्थ्य वर्द्धक (पौष्टिक) खानेकुरासहित स्वास्थ्य सामग्री गरिएको समितिका सहसचिव डिल्लीराम पोखरेलले जानकारी दिए ।
समितिले मेचीका ६५, कलवलगुरीका ५ र हल्दिबारीका १० जना सङ्क्रमितलाई सामग्री वितरण गरेको हो । मेची अञ्चल अस्पताल अन्तरगतको मेची कोभिड उपचार केन्द्रका रहेका सङ्क्रमितलाई वितरण गरिएको सामग्री अस्पतालका सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेललाई हस्तान्तरण गरिएको छ । त्यस्तै भद्रपुर नगरपालिकाद्धारा सञ्चालित कलवलगुरीका संक्रमित बिरामीको सामग्री नगरपालिकाको मेयर जीवनकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको जनाइएको छ । हल्दिबारी गाउँपालिकाद्धारा वडा नम्बर २ मा सञ्चालित आइसोलेसन सेन्टरका संक्रमित बिरामीको सामग्री वडा नम्बर २ का अध्यक्ष राजेन्द्र योङहाङलाई हस्तान्तरण गरिएको सहसचिव पोखरेलले जानकारी दिए ।
योगदान राष्ट्रियको लागि केन्द्रीय समिति, विश्व भुटानी हिन्दु सङ्गठन अमेरिका, अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष दीपक खनाल अस्ट्रेलिया, सदिक्षा साही अमेरिका, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा हङकङ, निरमणि खनालबाट सङ्कलन गरिएको रकमबाट सङ्क्रमितको लागि सहयोग जुटाएको योगदान राष्ट्रियको लागि जिल्ला समितिका अध्यक्ष प्रदीप कुमार सङ्ग्रौलाले जानकारी दिए । सामग्री वितरण कार्यक्रममा प्रदेश संयोजक चेतना निरौला, जिल्ला प्रवक्ता विजय उप्रेती र सचिव सजूँ बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।