२०८२ बैशाख ९ गते , मंगलबार

झापामा संक्रमित थपिने भन्दा निको हुनेको सङ्ख्या दोब्बर बढी

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २३ गते , आईतबार
झापामा संक्रमित थपिने भन्दा निको हुनेको सङ्ख्या दोब्बर बढी

झापा । झापामा कोरोना संक्रमितभन्दा निको हुनेको सङ्ख्या दोब्बर बढी भएको छ । पछिल्लो चौबीस घण्टामा जिल्लाका ७७ जनामा संक्रमण पुष्टि हुँदा १९४ जना निको भएका छन् । योसँगै डिस्चार्ज हुने कूल सङ्ख्या ६ हजार ९४२ पुगेको छ । यसैबिच जिल्ला बाहिरका दुई जना कोरोना सङ्क्रमितको झापाका अस्पतालमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक महिला र अर्का पुरुष रहेका छन् । मोरङ रतुवामाई ४ का ६२ वर्षीय वृद्धको दमकको आम्दा अस्पतालमा मृत्यु भएको हो भने तेह्रथुम आठराई ५ की ४८ वर्षिया महिलाको मेची अस्पताल भद्रपुरमा मृत्यु भएको छ ।

सम्बन्धित समाचार