२०८१ जेष्ठ १३ गते , आईतबार

सुन्दरी नायिका उर्वशीको हट अवतार, उनले लगाएकी ड्रेसको मूल्य पर्छ करोडौँ !

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ६ गते , विहीबार
सुन्दरी नायिका उर्वशीको हट अवतार, उनले लगाएकी ड्रेसको मूल्य पर्छ करोडौँ !

एजेन्सी । नायिका उर्वशी रौतेला आफ्नो हट अवतारका कारण चर्चामा रहन्छिन् । उनले इन्स्टाग्राममा पोस्ट गरेका फोटाहरू भाइरल हुने गरेका छन् ।

केही समय अगाडि बलिउडकी निकै सुन्दरी तथा चर्चित अभिनेत्री उर्वशी रौतेलाले १५ मिनेट पर्फमेन्सका लागि ४ करोड बढी रकम लिएर चर्चामा आएकी थिइन् । उनी चर्चामा आउन चाहिरहने हुनाले इन्स्टाग्राममा विभिन्न पोस्टहरू गरिरहेको हुन्छिन् जुन भाइरल समेत हुने गरेका छन् ।

हालै यी अभिनेत्रीले अन्तर्राष्ट्रिय म्युजिक भिडियो बर्साते बेबीमा आफ्नो दमदार र बोल्ड अभिनय प्रस्तुत गरिसकेकी छिन् । यस म्युजिक भिडियोले अहिले सामाजिक सञ्जालमा एक नम्बर ट्रेन्डिङको स्थान बनाई रहेको छ ।

उनले यस म्युजिक भिडियोमा इजिप्टका सुपरस्टार मोहम्मद रमदान सँग मस्ती गरेकी छिन् । उनले यो गीतमा लगाएको ड्रेसको बारेमा जान्नु भयो भने तपाईँको होस नै उड्छ । उर्वशीले लगाएको यस ड्रेसको मूल्य करोडको रहेको छ ।

उनले लगाएको यो ड्रेस अहिले सम्मकै सबैभन्दा महँगो भएको दाबी गरिएको छ । यस ड्रेसको डिजाइन दोनतीला बर्साते आफैले गरेकी हुन् । जसको मूल्य १५ करोड रहेको बताइएको छ ।भिडियोमा देखिएकी उर्वशीको आउट फिटको डिजाइनका लागि करिब एक वर्ष समय लागेको बताइएको छ ।

सम्बन्धित समाचार