२०८३ बैशाख १० गते , विहीबार

कोरोनाले इलामका युवा नेता नवराज शंकरको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २ गते , आईतबार
कोरोनाले इलामका युवा नेता नवराज शंकरको मृत्यु

इलाम । नेकपा एमाले इलाम जिल्ला कमिटिका कार्यालय सचिब नवराज शंकरको काभिड १९ को कारण निधन भएको छ । बिराटनगर स्थित बिराट मेडिकल अस्पतालमा गएराति निधन भएको हो । करिव १० दिन अघि शंकरलाई कोरोना पुष्टि भएको थियो । चार दिन अघि अस्पताल भर्ना हुनु भएको उनको निधनले इलामबासी स्तब्ध भएका छन् । इलाम नगरपालिका स्थीत टुडिखेल नजिकै आफ्नै घरमा होम आइसुलेसनमा बसेका शंकरलाइ स्वास्थ्यमा समस्या भएपछि थप उपचारको कारण बिराटनगर लगिएको थियो ।

सम्बन्धित समाचार