२०८३ बैशाख १० गते , विहीबार

थाइल्यान्डद्वारा १७ थान अक्सिजन सङ्केन्द्रक हस्तान्तरण

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १ गते , शनिबार
थाइल्यान्डद्वारा १७ थान अक्सिजन सङ्केन्द्रक हस्तान्तरण

झापा । थाइल्यान्डले दोस्रो लहरको कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन १७ थान अक्सिजन सङ्केन्द्रक प्रदान गरेको छ ।  थाइल्यान्डका जनताले थाई गुम्बा लुम्बिनीमार्फत उपलब्ध गराएका ती सङ्केन्द्रक नेपालका लागि थाइल्यान्डका राजदूत भोसिटा भोरासाले शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित एक सङ्क्षिप्त समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेको यहाँस्थित थाई दूतावासले आज जनाएको छ ।  थाइल्यान्डका जनताबाट प्राप्त उक्त सहयोग नेपाल र थाइल्यान्डबीचको आत्मीय एवम् सद्भावपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ । रासस

सम्बन्धित समाचार