२०८३ बैशाख १० गते , विहीबार

भद्रपुरमा थपिए १७ सङ्क्रमित, १९ जना निको

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ३१ गते , शुक्रबार
भद्रपुरमा थपिए १७ सङ्क्रमित, १९ जना निको

भद्रपुर । भद्रपुरमा शुक्रवार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भद्रपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४३५ पुगेको नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए ।

उनका अनुसार मेची अञ्चल अस्पतालमा गरिएको ६६ जनाको पीसीआर परीक्षणमध्ये १७ जनाको पोजेटिभ र ४९ जनाको नेगेटिभ रिपोर्ट आएको हो । आज थपिएका भद्रपुर वडा नम्बर ४ का दुई पुरुष, वडा ५ का एक पुरुष, वडा ७ का एक महिला र चार पुरुष, वडा ८ का एक महिला र तीन पुरुष, वडा ९ का एक पुरुष, वडा १० का एक महिला र दुई पुरुष 

र वडा नखुलेका एक पुरुष रहेका छन् । दोस्रो लहरको संक्रमण पुष्टि भएका मध्ये पाँच जनाको मृत्यु भइसकेको छ । अस्पतालमा उपचाररत ३५ जना र होम आइसोलेसनमा ३९६ जना बसेका छन्, भने १९ जना निको भएका छन् । 

सम्बन्धित समाचार