२०८३ बैशाख ४ गते , शुक्रबार

झापामा गोरुको मासु बेच्ने दुई भारतीय पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २८ गते , मंगलबार
झापामा गोरुको मासु बेच्ने दुई भारतीय पक्राउ

झापा  । झापा प्रहरीले गोरुको मासु बेचेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्ने भारतका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई प्रहरीले गोरुको मासु बिक्री गरेको भन्दै पक्राउ गरेको हो । उनीहरूले कोठाभित्र गोरुको मासु बिक्री गरेको सूचना पाएपछि प्रहरीले हिजो छापा मारेको थियो ।

प्रहरीले उनीहरूलाई १५ किलो ५ सय ग्राम गोरुको मासुसहित पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

सम्बन्धित समाचार