२०८३ बैशाख ४ गते , शुक्रबार
झापामा लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
झापा । लागू औषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १० बस्ने २७ वर्षीय हर्कबहादुर तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार झापा जिल्ला अदालतको २०७५असार २६ गतेको फैसला अनुसार लागू औषध हिरोइन मुद्दामा एक वर्ष कैद फैसला भई हालसम्म फरार रहेका तामाङलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले वैशाख २४ गते पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि झापा कारागार भद्रपुर पठाउन जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाइएको छ ।