२०८३ बैशाख ४ गते , शुक्रबार

दिनदहाडै हत्या र लुटपाट गर्ने तीन जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २६ गते , आईतबार
दिनदहाडै हत्या र लुटपाट गर्ने तीन जना पक्राउ

झापा । सुनसरीको धरान १५ स्थित पूर्वेली पथमा धारिलो हतियारले प्रहार गरी गम्भीर घाइते बनाई नगद र गरगहना लुट्ने समूह पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी ३ घर भई हाल धरान १५ सुनगाभा मार्गमा बस्ने ३८ वर्षीय सन्तोष भन्ने वीरबहादुर परियार, पथरी शनिश्चरे ५ पिपल डाँडा घर भई हाल धरान १० पुतली लाइन बस्ने ३५ वर्षीय सोनी राई र धरान १३ अमरहाट बस्ने २९ बर्षीया लक्ष्मी लिम्बु रहेका छन् ।

यही वैशाख ११ गते बिहान सवा ९ बजे सोही स्थानका झरना विश्वकर्मा र उनको छोरा जोहन विश्वकर्मा पूजा गर्न घर बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी झरना कि आमा गोविन्द माया विश्वकर्मालाई टाउको लगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरी गम्भीर घाइते बनाई नगद  २ लाख र घरमा रहेका सुनका गरगहना गरी जम्मा  ११ लाख ४० हजार ९५० बराबरको धनमाल लुटपाट गरेका थिए । सो घटनामा घाइते भएकी गोविन्द मायाको न्युरो अस्पताल विराटनगरमा पटाइएकोमा उपचारको क्रममा वैशाख १९ गते मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न प्रतिबादीहरुको खोजतलासका लागी पीडित परिवारको जाहेरी तथा स्थानीय मानिसको सूचनाको आधारमा प्रहरीले सूक्ष्म रूपले अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो । सोही अनुसन्धानबाट १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सामान सहित पक्राउ गर्न सफल भएको हो ।  

पक्राउ परेका उनीहरूले लुटेर लगेको गहनाहरू सोनी राईले बहिनी नाता पर्ने लक्ष्मी लिम्बुलाई लुकाई छिपाई राख्न दिएका थिए । पक्राउ परेका उनीहरूमाथि प्रहरीले कर्तव्य ज्यान र डाँका मुद्दा चलाउन जनाइएको छ।

सम्बन्धित समाचार