२०८३ बैशाख ४ गते , शुक्रबार

मापसे गरी कुटपिट गर्दा एक जनाको घटनास्थलमै मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २६ गते , आईतबार
मापसे गरी कुटपिट गर्दा एक जनाको घटनास्थलमै मृत्यु

ओखलढुङ्गा । मादक पदार्थ सेवन गरी कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा खजिदेम्बा गाउँपालिका १ आरुबोटका ६० वर्षीय महेश कुमार खड्का रहेका छन् । शनिवार बेलुका पौने ९ बजे सोही स्थान का ५० वर्षीय प्रेम बहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमै मृत्यु भएको हो । सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । सुनुवार समेत घाइते भएकाले स्थानीय क्लिनिकमा उपचार पश्चात् इलाका प्रहरी कार्यालय खिजीफलाटेको नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार