२०७८ जेष्ठ ३० गते , आईतवार

झापाको हल्दिबारीमा एक व्यक्ति खोलामा डुबेको अवस्थामा मृत फेला 

झापाको हल्दिबारीमा एक व्यक्ति खोलामा डुबेको अवस्थामा मृत फेला  :: Times of Pradesh

झापा । झापाको हल्दिबारीमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका ४ निवासी ३३ वर्षीय रामबहादुर थारु चौधरी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । सोही ठाउँका स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका चौधरी शुक्रवार बिहान सवा ७ बजेको समयमा स्थानीय काजली खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् । खोलामा कसरी डुबेर मृत्यु भयो भन्ने केही नखुलेको प्रहरीले जनाएको छ । यता घटनाको विषयमा प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment