२०७८ जेष्ठ २९ गते , शनिवार

झापाका क्षेत्री र दाहालसहित चार पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार

झापाका क्षेत्री र दाहालसहित चार पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार :: Times of Pradesh

झापा । प्रदेश १ सरकारले चार जना पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ ।  मोरङकी ललिता भट्टराई,  उदयपुरका कौशल चेम्जोङ, झापाका गोविन्दचन्द्र क्षेत्री र गञ्जबहादुर दाहाललाई जनही १ लाख राशिको प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको हो ।

उक्त पुरस्कार हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर प्रदान गरिँदै आएको छ । यो वर्ष कोरोना भाइरस सङ्क्रमणको कारण निकट भविष्यमा उपयुक्त समय बनाएर पुरस्कार प्रदान गरिने भएको छ । 

प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माको संयोजकत्वमा गठन भएको पुरस्कार छनोट समितिले प्रदेश १ मा रहेर पत्रकारिता गर्दै आएका चार जना अग्रज पत्रकारहरूलाई पुरस्कृत गर्न लागिएको हो । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष ०७४–७५  देखि प्रदेशका अग्रज पत्रकार लाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment