२०८३ बैशाख ४ गते , शुक्रबार

मकैबारीमा अर्धनग्न अवस्थामा भेटियो महिलाको शव

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १९ गते , आईतबार
मकैबारीमा अर्धनग्न अवस्थामा भेटियो महिलाको शव

मोरङ । मोरङको रतुवामाई नगरपालिका ४, भद्र चोकस्थित मकै बारीमा एक महिलाको शव फेला परेको छ। अन्दाजी २० ३० वर्षको देखिने महिलाको शव मकैबारीभित्र भेटिएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

अर्धनग्न अवस्थामा शव भेटिएपछि प्रहरीले बलात्कार गरी हत्या गरिएको हुन सक्ने अनुमान गरेको छ। रामप्रसाद भण्डारीको मकैबारीमा आइतबार बिहान ९ बजे उक्त शव फेला परेको हो। घाँस काट्न गएको बेलामा महिलाको लास देखेपछि स्थानीयले प्रहरीले खवर गरेका थिए।  घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीले तालिमप्राप्त कुकुर पनि परिचालन गरेर अनुसन्धान गरिरहेको छ। सेतो पाटीबाट

सम्बन्धित समाचार