२०७८ बैशाख २४ गते , शुक्रवार

झापामा बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी

झापामा बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी :: Times of Pradesh

भद्रपुर । बैङ्किङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक गरामनि गाविस २ हाल बिर्तामोड नगरपालिका ७ का ४७ वर्षीय विष्णु गौतम रहेका छन् ।

उच्च अदालत विराटनगर, इलाम इजलास इलामको २०७७ पुस १३ गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा उनलाई एक महिना कैद र ४० लाख रुपैयाँ जरिवाना तोकिएको थियो । त्यस्तै गौतमले पीडित राहत कोषमा १ लाख ४० हजार रुपैयाँ जम्मा गर्नुपर्ने देखिएको छ ।

हालसम्म फरार रहेका गौतमलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि उनलाई झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment