२०७८ जेष्ठ २९ गते , शनिवार

पश्चिम बङ्गालमा आंशिक लकडाउनको घोषणा

पश्चिम बङ्गालमा आंशिक लकडाउनको घोषणा :: Times of Pradesh

झापा । दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिएको भन्दै भारतको पश्चिम बङ्गालमा आंशिक लकडाउन लगाइएको छ । बङ्गालमा विधानसभा निर्वाचन सम्पन्न भएको दुईपछि राज्य सरकारले आंशिक लकडाउनको घोषणा गरेको हो । राज्य सरकारले शुक्रवार एक सूचना जारी गर्दै राज्यभर सपिङ कम्प्लेक्स, ब्युटी पार्लर, सिनेमा हल, रेस्टुरेन्ट, बार, खेलकुद कम्प्लेक्स, जिम हाउस र स्वीमिङ्ग पुल बन्द राख्ने निर्णय गरेको छ ।

त्यस्तै औषधि, खाद्यान्नबाहेक हाट बजार र अन्य पसल बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसा ३ बजेदेखि ५ बजेसम्म खुला राख्ने निर्णय गरेको छ । अति आवश्यक सेवाहरू सुचारु राख्ने निर्णय समेत गरेको राज्य सरकारको मुख्य सचिव अलापन बन्धोपाध्यायले भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । साथै विधानसभा निर्वाचनको मत परिणाम मे २ तारिखदेखि सुरु हुने भएकोले विजय जुलुस निकाल्न नपाइने राज्य सरकारले निर्णय गरेको छ । बङ्गालमा आजको तथ्याङ्क अनुसार एक लाख १३ हजार बढी सक्रिय कोरोना संक्रमित रहेका छन् । पश्चिम बङ्गालसँग पूर्वी नेपालको काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर नाका जोडिएको छ । 
 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment