२०८३ बैशाख ३ गते , विहीबार
झापामा आज पनि थपिए ५० कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २८५ पुग्यो
झापा । झापामा बिहीबार ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार पनि जिल्लामा ५० जनामा संक्रमण पुष्टि भएको थियो । आज अर्जुनधारा–६ निवासी ६५ बर्षीय पुरुषको मृत्यू भएको छ ।
झापामा आज विर्तामोड १८, दमक ६, मेचीनगर १०, भद्रपुर ५, कनकाई २, हल्दिवारी १, अर्जुनधारा २, गौरीगञ्ज ४ र शिवसताक्षीमा १ लाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै झापामा संक्रमितको संख्या ४९४५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २८५ पुगेको छ ।