२०८३ बैशाख ३ गते , विहीबार
करेन्ट लागेर एक जनाको मृत्यु
झापा । सुनसरीस्थित इटहरी १२ स्थित खनार निवासी २८ वर्षीय साजन सरदारको करेन्ट लागेर मृत्यु भएको छ । सोही स्थानका नरेन्द्र जोशीको घरमा ग्रिलको काम गर्ने क्रममा बुधवार दिउँसो सरदारलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका सरदारको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।