२०८० फाल्गुन १० गते , विहीबार

सशस्त्र प्रहरीद्धारा भद्रपुरबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १५ गते , बुधबार
सशस्त्र प्रहरीद्धारा भद्रपुरबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

झापा ।  सशस्त्र प्रहरीले भद्रपुर नाकाबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका २ स्थित सीतागुढी बस्ने २२ वर्षीय राजु कठायत रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका प्रहरी निरीक्षक विभुराज दाहालले जानकारी दिए । सीमा नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गरेका उनलाई शंका लागी चेकजाँच गर्दा ९५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरी निरीक्षक दाहालले बताए । कठायतले मुखमा हालेर ब्राउन सुगर ल्याएका थिए । ती युवक प्रयोगकर्तासहित कारोबारी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
उनलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाइसकेको जनाइएको छ । चार दिनअघि पनि सशस्त्र प्रहरीले भद्रपुर नाकाबाट कास्की जिल्ला पोखरा उप महानगरपालिका १७ हाल दमक नगरपालिका ८ स्थित वसन्त टोल बस्ने ३४ वर्षीय सन्तोष थापालाई लागु औषध ट्याब्लेटसहित पक्राउ गरेको थियो ।  

सम्बन्धित समाचार