२०८३ बैशाख ३ गते , विहीबार

३८ जना थपिएसँगै झापामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १६९ पुग्यो

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १३ गते , सोमबार
३८ जना थपिएसँगै झापामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १६९ पुग्यो

झापा । झापामा दिनहुँ कोरोना संक्रमतिको संख्या बढदै गइरहेको छ । जिल्लामा आज १४ महिलासहित ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबै स्थानीय छन् । जिल्लामा सबैभन्दा धेरै दमकमा १५ जनामा कोरोना पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

दमक १५, विर्तामोड ४, मेचीनगर ४, भद्रपुर २, कनकाई, अर्जुनधारा ३र३, गौरीगञ्ज ६ र शिवसताक्षीमा १ जनामा कोभिड पुष्टि भएको छ । यो सँगै झापामा संक्रमितको संख्या ४८१९ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १६९ रहेको छ ।

सम्बन्धित समाचार