२०८३ बैशाख ३ गते , विहीबार

नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुन तीनै तहका सरकारलाई झापा वारको आग्रह

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १३ गते , सोमबार
नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुन तीनै तहका सरकारलाई झापा वारको आग्रह

झापा । नेपाल बार एसोसिएसन झापाले कोभिड १९ को महामारीले  विश्वव्यापी रुपमा परेको प्रभावप्रति चिन्तित हुँदै आम नागरिकको स्वास्थ्यप्रति तीनै तहका सरकारलाई संवेदनशील बन्न आग्रह गरेको छ  । एसोसिएसन झापा तथा सोही मातहत रहेको मानव अधिकार तथा जनसरोकार समितिले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै  सङ्घीय , प्रादेशिक तथा  स्थानीय सरकारले आम  नागरिकको स्वास्थ्य सुरक्षा प्रति समयमै  संवेदनशील बन्नुपर्ने अन्यथा समस्या जटिल बन्ने विज्ञप्तिमा उल्लेख छ ।
सरोकार समिति संयोजक टङ्कप्रसाद दंगाल तथा एसोसिएसन अध्यक्ष हरिप्रसाद अधिकारी  हस्ताक्षरित  विज्ञप्तिमा कोभिडको जोखिम उच्च अवस्थामा बढ्न सक्ने भन्दै दैनिक रुपमा हुने  सरकारी कार्यालयहरूको भिडभाडलाई व्यवस्थापन गर्दै स्वास्थ्य मापदण्डको अनिवार्य पालना गराएर मात्र  सेवा प्रवाहको तत्काल व्यवस्था मिलाउन आग्रह गरिएको  छ ।
विज्ञप्तिमा सरकार सँग हरेक सीमा नाकामा हुने आवत जावतलाई कडाइका साथ लागु गर्दै निगरानी बढाउन र आम नागरिकको जीवन रक्षाका लागि सीमा क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्य तथा सुरक्षाकर्मीलाई  उचित स्वास्थ्य सामग्री उपलब्ध गराई कोभिड नियन्त्रण गर्न आग्रह गरिएको छ ।
त्यसैगरी आपतकालिन रुपमा आवश्यक पर्ने तरल पदार्थ सहितको अक्सिजन तथा अन्य  आवश्यकीय  स्वास्थ्य सामर्गीहरु समेतको प्रबन्ध र व्यवस्थापन गर्न समेत  माग गर्छौ  विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा आम नागरिकले आफ्नो स्वास्थ्यको ख्याल राख्दै स्वास्थ्य सावधानी अपनाएर हिँडडुल गर्न ,भिडभाड नगर्न र मास्क अनिवार्य लगाउन समेत सर्वसाधारण जनतालाई अनुरोध गरिएको  छ ।

सम्बन्धित समाचार