२०८३ बैशाख ३ गते , विहीबार
कोरोना : झापामा एक महिलाको मृत्यु, थपिए १८ जना नयाँ संक्रमित
झापा । झापामा आज १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या १३२ पुगेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ८ महिलासहित १८ जनाका संक्रमण पुष्टि भएको हो । एक जना ६० वर्षीया महिलाको मृत्यू भएको छ । कमल गाउँपालिका ५ कि महिलाको विएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापाको मेचीनगरमा ४, विर्तामोडमा ५, भद्रपुर १, अर्जुनधारा ३, गौरीगञ्ज १ र झापा गाउँपालिकामा ४ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै झापामा मृत्यू हुनेका संख्या १३१ जना पुगेको छ भने संक्रमितको संख्या ४८८१ पुगेको छ ।