२०८३ बैशाख ३ गते , विहीबार

मोटरसाइकलले ठक्कर दिँदा झापामा एक बालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ११ गते , शनिबार
मोटरसाइकलले ठक्कर दिँदा झापामा एक बालकको मृत्यु

झापा । झापाको कमल गाउँपालिका ४ मा मोटरसाइकलले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । आज अपराह्न सितापुरी भन्ने स्थानमा प्र-१-०१-०१२ प १६०२ नम्बरको मोटरसाइकलले पैदल यात्री सोही गाउँपालिका ५ बस्ने ७ वर्षीय निश्चल खड्कालाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खड्कालाई दमकस्थित लाइफलाइन अस्पताल ल्याउने बित्तिकै चिकित्सकले मृत घोषित गरेको दमक ट्राफिकले जानकारी दिएको छ। ठक्कर दिने सवारी र चालकलाई दमक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार