२०८३ बैशाख ३ गते , विहीबार

इलामको श्रीअन्तुका होमस्टे व्यवसाय सङ्कटमा

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १० गते , शुक्रबार
इलामको श्रीअन्तुका होमस्टे व्यवसाय सङ्कटमा

(प्रकाश नेपाल) इलाम । समुदायद्वारा प्रवर्द्धन गरिएका इलामको श्रीअन्तुमा अहिले खचाखच आन्तरिक पर्यटकहरू भरिएका छन् । तर, अन्तुमा करोडौँ खर्च गरेर रिसोर्ट, सुविधा सम्पन्न होटेल र आकर्षक कटेज निर्माण गरेसँगै त्यसको प्रभाव होमस्टेमा देखा परेको छ ।आन्तरिक पर्यटकहरूको अन्तुमा भीड बढेसँगै यहाँका होमस्टेमा ठुला होटेल सञ्चालकहरूको प्रभाव देखिन थालेकोले होमस्टेलाई मापदण्ड अनुरूप सञ्चालन गर्न सरोकारवालाहरूले सुझाएका छन् ।

पर्यटन बोर्डका सहसंयोजक अर्जुन कार्कीले होमस्टेको नाममा प्रकृतिले दिएको वरदान तथा सौन्दर्ययतालाई नष्ट गरेर कङ्क्रिटका जङ्गल बनाएर विनाश गर्न नहुने बताए । होमस्टेमा मौलिक खानाहरू राख्न तथा घरकै खाना राख्ने भनेर सुझाव दिने गरेको पर्यटन बोर्डकी सुस्मिता दाहालको भनाई छ । पछिल्लो समयमा श्रीअन्तुमा विस्तार हुँदै गएका रिपोर्ट र होटेलका कारण होमस्टे ओझेलमा पर्न सक्ने चिन्ता स्थानीयको छ । मौलिक घर हराउँदै पक्की घरहरू निर्माण हुने क्रम बढेकोले प्रकृति र संस्कृतिलाई जगेर्ना गरी होमस्टे व्यवसाय नै सञ्चालन हुनु पर्ने सुझाव दिइएको छ ।

प्रदेश मन्त्रालय, पर्यटन महाशाखा प्रमुख शम्भु शाहले होमस्टेहरू परम्परामा आधारित हुनुपर्ने तर यहाँ हामेस्टेको मापदण्ड विपरीत सञ्चालन भइरहेको बताए । स्थानीय पालिका अथवा सरोकारवाललाई निकायसँग समन्वय गरेर नियम विपरीत सञ्चलन भइरहेको होमस्टेहरूलाई सुधार गर्नुपर्ने उनको भनाई छ। श्रीअन्तुलाई होमस्टेमय बनाउने भनेर २०६७ सालमा नै सामूहिक रूपमा दर्ता गरेर अगाडि बढेको भए पनि कार्यान्वयन पक्ष फितलो भएको छ । अन्तुका ६८ घरमा होमस्टे सञ्चालन गरिएको छ । जसमा ५८ वटा पुरानै हुन् भने १० वटा नयाँ थपिएका छन् । होटेल र कटेजको सङ्ख्या ६० छ । प्रदेश १ सरकारले २०७५ सालमै सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गरेको छ । घोषणापछि पालिकाले पनि अन्तुलाई ‘होमस्टे हब’ कै रूपमा विकास गर्ने लक्ष्य राखेको छ । इमेज खबरबाट

सम्बन्धित समाचार