२०८३ बैशाख ३ गते , विहीबार

भारतबाट आएका भद्रपुरका एक पुरुषको कोरोनाबाट मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ९ गते , विहीबार
भारतबाट आएका भद्रपुरका एक पुरुषको कोरोनाबाट मृत्यु 

झापा । भारतबाट आएका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ४ निवासी ३८ वर्षीय पुरुष रहेको भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । ती पुरुष भारतको बैंगलोरमा काम गर्न गएका थिए । चार दिन अघि घर फर्किएका ती पुरुषमा बुधवार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल गएका थिए ।

उनको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको फोकल पर्सन भट्टराईले बताए । उनी घर आउँदा कुनै कोरोना संक्रमणको लक्षण देखिएको थिएन, चार दिन पछि मात्र लक्षण देखिएको हो, उनले भने । संक्रमित पुरुषको शव व्यवस्थापन भद्रपुर ४ स्थित मायालु सामुदायिक वन परिसरमा गरिने उनले बताए । भद्रपुरमा आज  वडा नम्बर ७ का २५ वर्षीय र ४८ वर्षीय गरी दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।  

सम्बन्धित समाचार