२०८३ बैशाख ३ गते , विहीबार

चट्याङ लागेर एक महिलाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ९ गते , विहीबार
चट्याङ लागेर एक महिलाको मृत्यु

मोरङ । चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर मोरङको कानेपोखरी गाउँपालिका–२ की ४० वर्षीया सुकवती राजवंशीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार बारीमा गाईगोरु सार्ने क्रममा बिहीबार बिहान ९ बजेतिर परेको चट्याङ लागेर उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि मोरङको मंगलबारेस्थित मदन भण्डारी अस्पतालमा पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

सम्बन्धित समाचार