२०८३ बैशाख ३ गते , विहीबार

१८ जना थपिएसँगै झापामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ८९ पुग्यो 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ८ गते , बुधबार
१८ जना थपिएसँगै झापामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ८९ पुग्यो 

झापा। झापामा बुधवार १८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । १६ जना पिसिआर विधिबाट र एन्टिजिन विधिबाट २ जना गरी झापामा १८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

दमकमा तीन महिला र एक पुरुष गरी ४ जना, बिर्तामोडमा ३ पुरुष जना, भद्रपुरमा १ पुरुष जना, कनकाईमा एक महिला र एक पुरुष गरी २ जना, अर्जुनधारामा दुई महिला र एक पुरुष गरी ३ जना, कमल गाउँपालिकामा २ पुरुष जना र झापा गाउँपालिकामा १ पुरुषमा संक्रमित पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरू सबै स्थानीय हुन् । त्यस्तै हल्दिबारीमा भारतबाट आएका एक महिला र एक पुरुष गरी दुई जनामा एन्टिजिन पोजेटिभ देखिएको छ । 

सम्बन्धित समाचार