२०८३ बैशाख ३ गते , विहीबार

झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ८ गते , बुधबार
झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा ।  पूर्व -पश्चिम राजमार्ग अन्तरगत झापाको मेचीनगर १३ स्थित चारआली चौकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे१ ख८११ नम्बरको ट्रकले  मङ्गलवार बेलुका साढे ७ बजे ठक्कर दिँदा दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे नगरपालिका ९ का २१ वर्षीय प्रवेश बयलकोटी घाइते भएको र उनलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्याएलगतै मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ। सोही मोटरसाइकल पछाडि सवार सोही स्थान बस्ने २२ वर्षीय सागर लिम्बु सामान्य घाइते भएको र उनको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र चालक झापा अर्जुनधारा २ का ५६ वर्षीय सुमन दनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार