२०७८ बैशाख २४ गते , शुक्रवार

झापाका तीन स्थानीय तहमा शैक्षिक संस्था बन्द 

झापाका तीन स्थानीय तहमा शैक्षिक संस्था बन्द  :: Times of Pradesh

झापा । सरकारले ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेजसहितका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख मसान्तभर विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार काठमाडौं उपत्यकाका सबै महानगरपालिका र नगरपालिकाका विद्यालयहरु बन्द हुनेछन् । ललितपुरको कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिकालाई समावेश गरिएको छैन ।

उपत्यकाबाहिर विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका तथा इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा पनि वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।

मेचीनगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर र भीमदत्तनगर नगरपालिकामा पनि शैक्षिक संस्थामा विद्यार्थी भौतिक रुपमा उपस्थित नभई वैकल्पिक विधिबाट शैक्षिक गतिविधि गर्नुपर्नेछ । अनलाइनखबरबाट



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment