२०८१ माघ २ गते , बुधबार
कामती परिवारले दिए मेची अस्पताललाई टेबल र डसविन
भद्रपुर । भद्रपुरस्थित मेची अञ्चल अस्पताललाई टेबल र डसविन हस्तान्तरण गरिएको छ । भद्रपुर नगरपालिका ६ निवासी वसन्त कामतीले मेची अस्पताललाई २१ वटा टेबल र ३ वटा डसविन हस्तान्तरण गरेका हुन् । उनले मेची अस्पतालका मेसु डा। पीताम्बर ठाकुरलाई सो सामग्री सोमबार बिहान एक संक्षिप्त कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।
छोराहरू प्रमोद र समोद कामतीले बुबा वसन्तको नाममा सो सामग्री अस्पताललाई उपलब्ध गराएका थिए । प्रमोदको बिर्तामोड कञ्चनजङ्घा ट्राभल्स रहेको छ । अस्पताललाई सामग्री उपलब्ध गराउने कामती परिवारलाई अस्पतालका सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले धन्यवाद दिएका थिए । सो टेबल र डसविन आकस्मिक कक्ष र जर्नल वाडमा राखिएको जनाइएको छ ।