२०७८ बैशाख २४ गते , शुक्रवार

झापामा ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ 

झापामा ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ  :: Times of Pradesh

झापा । झापामा एक भारतीय नागरिक प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पञ्चायतका २६ वर्षीय सिद्धिक आलम रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई दमक नगरपालिका ६ नमुना मार्गस्थितबाट प्रहरीले २९ ग्राम १६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment