२०८३ बैशाख ३ गते , विहीबार

झापाका अग्रज पत्रकार काजीले दिए पत्रकार महासङ्घको साधारण सदस्यबाट राजीनामा

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ५ गते , आईतबार
झापाका अग्रज पत्रकार काजीले दिए पत्रकार महासङ्घको साधारण सदस्यबाट राजीनामा

झापा । करीव ६० वर्षदेखि पत्रकारिता गर्दै आएका झापाका अग्रज पत्रकार नकुल काजीले नेपाल पत्रकार महासंघको साधारण सदस्यसमेतबाट राजीनामा दिएका छन् । घुमाउरो पारामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । ‘म यो समय सन्दर्भको ती विधागत व्यवहारिक शैली बुझ्न असमर्थ हुन थालेको आत्मानुभूति भएकाले महासंघको साधारण सदस्य समेतबाट राजीनामा दिएको छु ’उनले सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख छ । भद्रपुर ८ निवासी ७७ वर्षिय पत्रकार नकुल काजी विवेचना दैनिकका संस्थापक सम्पादक हुन् ।

नेपाल पत्रकार महासंघका संस्थापक महासचिव एवं कंचनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी उत्कृष्ट नागरिक सम्मानबाट सम्मानित भएको भोलिपल्ट अग्रज पत्रकार नकुल काजीले महासंघबाट राजीनामा दिएका हुन् ।

सम्बन्धित समाचार