२०८१ बैशाख ७ गते , शुक्रबार

बिर्तामोडमा पार्किङ अस्तव्यस्त, भद्रपुर रोडको दुई लेन सवारीसाधनले ढाक्यो

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ५ गते , आईतबार
बिर्तामोडमा पार्किङ अस्तव्यस्त, भद्रपुर रोडको दुई लेन सवारीसाधनले ढाक्यो

झापा । लगभग निर्माण सकिएको बिर्तामोड– भद्रपुर सडक खण्डको आधा भाग पार्किङको रुपमा रूपान्तरण हुन थालेको छ । व्यवसायी र किनमेलमा आउने सर्वसाधारणले सडक क्षेत्रमै पार्किङ गर्दा आवतजावतमा समस्या भइरहेको छ ।

जिल्लाकै ठुलो बजारको रुपमा विकास भइरहेको बिर्तामोडमा पार्किङको छुट्टै व्यवस्था नहुँदा सर्वसाधारणलाई समस्या भइरहेको छ । पछिल्लो समय भद्रपुर कालोपत्रे भएपछि चार लेनको बाटोमा सहजै आवतजावत हुने विश्वास गरिएको थियो । दुवै भागको छेउ–छेउमा रहेको लेन पुरै ढाकेर पार्किङ गर्न थालिएको छ ।

चार लेन बनाएर पनि पुरै सडक प्रयोग गर्न नपाइने चिन्ता बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र बिर्तामोड नगरपालिकाले सडक क्षेत्रमा भइरहेको अव्यवस्थित पार्किङको व्यवस्थापनमा कुनै चासो दिइरहेको छैन ।

सम्बन्धित समाचार