२०७८ बैशाख २४ गते , शुक्रवार

प्रायुस र स्मारिकालाई ‘मिस्टर एन्ड मिस प्रोभिन्स वान’ सिजन–२ को ताज

प्रायुस र स्मारिकालाई ‘मिस्टर एन्ड मिस प्रोभिन्स वान’ सिजन–२ को ताज :: Times of Pradesh

झापा । प्रायुस पौड्याल र स्मारिका सुनुवार यस वर्षको ‘मिस्टर एन्ड मिस प्रोभिन्स वान’ सिजन – २ को ताज हात पारेका छन् । स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगितामा पौड्याल र सुनुवारले मिस्टर एन्ड मिस प्रोभिन्स वान’को ताज हात पारेका हुन् ।

शनिवार राति अबेर सम्पन्न फाइनल प्रतियोगितामा आफ्ना नौ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरू मिस्टर एन्ड मिस प्रोभिन्स वान’ घोषित भएका थिए । यो सँगै उनीहरूले ट्रफी, मेडल , प्रमाणपत्र र नगद ५० – ५० हजार रुपैयाँ हात पारेका छन् ।

त्यस्तै प्रतियोगितामा फस्ट रनर अप अभिषेक राजवंशी र सेकेन्ड रनर अप प्रकृति अर्याल घोषित भएका छन् । त्यस्तै प्रतिमा खतिवडा अर्गनाइजर च्वाइज घोषित भइन् । प्रातियोगिताका विजयीले काठमाडौँस्थित इम्पेरियल विज्नेश कलेजमा बिबिए र वीएचएम अध्ययनका लागि छात्रवृत्ति समेत पाउने छन् ।

प्रालिले गत वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको प्रालिका कार्यकारी अधिकृत सन्दीप राजवंशीले जानकारी दिए । १५ देखि २२ वर्ष उमेर समूहका प्रदेश १ भरिका १९ जना प्रतिस्पर्धीले प्रतियोगितामा भाग लिएका थिए । जसमध्ये फाइनल राउन्डमा ९ प्रतिस्पर्धी पुग्न सफल भएको कार्यकारी अधिकृत राजवंशीले बताए ।

नेपाल पत्रकार महासंघ झापाका नव निर्वाचित अध्यक्ष एकराज गिरीले प्रमुख अतिथिको आसनबाट बोल्दै युवामा रहेको अन्तर्निहित प्रतिभा छनौटका लागि स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गरेका थिए । प्रतियोगितामा गोविन्द भारती, रामचन्द्र गौतम र अलिषा अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment