२०८३ बैशाख ३ गते , विहीबार
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापा । सुनसरी बराह क्षेत्र नगरपालिका ४ धनपुरी नयाँ पुलका ५७ वर्षीय राजन कार्कीको बसको ठक्करबाट मृत्यु भएको छ । शुक्रवार दिउसो पौने १ बजे सोही स्थानमा चतराबाट झुम्का तर्फ गइरहेको ना ६ ख ७१४० नम्बरको बसले ठक्कर दिँदा कार्कीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ । बस र चालक बराह क्षेत्र ५ का ४६ वर्षीय गोपाल गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।