२०७८ बैशाख २४ गते , शुक्रवार

भारतको दिल्लीमा कर्फ्यू 

भारतको दिल्लीमा कर्फ्यू  :: Times of Pradesh

एजेन्सी । दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइएको छ । विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । दिल्लीमा पाँच हप्तामा कोरोना सङ्क्रमितको संख्या २५ गुणाले बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले यस्तो निर्णय गर्नुभएको हो । नयाँ नियम अनुसार मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् ।

सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ । रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ । दिल्लीमा हालसम्म ७ लाख ६७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५४० जनाको कोरानाका कारण मृत्यु भएको छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment