२०८२ जेष्ठ ११ गते , शनिबार

झापाको काँकडभिट्टा, भद्रपुर र इलामको पशुपतिनगर नाका सिल 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २ गते , विहीबार
झापाको काँकडभिट्टा, भद्रपुर र इलामको पशुपतिनगर नाका सिल 

झापा । भारतको पश्चिम बंगालसँग जोडिएको पूर्वी नेपालको सीमा नाका सिल गरिएको छ । झापाको काँकडभिट्टा, भद्रपुर र इलामको पशुपतिनगर नाका ७२ घण्टाका लागि सिल गरिएको हो । 
पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी सीमा सिल गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । 

उनका अनुसार आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए ।  सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ। भद्रपुर नाका भने कोभिडका कारण एक बर्षदेखि ठप्प नै बनेको छ । 

सम्बन्धित समाचार