२०८१ पौष २९ गते , सोमबार

कनकाई सामुदायिक वनको मतगणनामा धाँधली, पुनः मतगणना गर्न चार राजनीतिक दलको माग 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १ गते , बुधबार
कनकाई सामुदायिक वनको मतगणनामा धाँधली, पुनः मतगणना गर्न चार राजनीतिक दलको माग 

झापा । कनकाई सामुदायिक वन समूह सुरुङ्गाको गत चैत ३० गते भएको मतगणनामा निर्वाचन आयोगका संयोजक टिकाकुमार पोखरलेले धाँधली गरेको चार राजनीतिक दलले आरोप लगाएका छन् । चुनावी मोर्चामा रहेका नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राप्रपाले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै धाँधली भएको आरोप लगाएका हुन । 

लोकतान्त्रिक प्यानलका उम्मेदवार सहित नेपाली काँग्रेसका कनकाई नगर अध्यक्ष नेत्रप्रसाद चिरिया, सचिव दुर्गा प्रसाईँ, कनकाई नगरपालिका ३ का वडा अध्यक्ष यदुनाथ अधिकारी, माओवादी केन्द्रका कनकाई नगर सचिव विष्णुप्रसाद बिमली, जनता समाजवादी पार्टीका प्रदेश कमिटी सल्लाहकार भरतकुमार श्रेष्ठ, राप्रपा नेपालका कनकाई नगर अध्यक्ष ज्योतिकुमार उप्रेतीले निर्वाचनको मतगणना पुन नगरसम्म आन्दोलन जारी राख्ने बताएका छन् । 

मतगणनामा निर्वाचन समितिका संयोजक पोखरेलले एक सय मतपत्र गणना भइसकेको पोकोलाई पुन गणना गरेको र अर्को एक सयको पोका गणना नै नगरेको पराजित अध्यक्षका उम्मेदवार सन्तोष रायमाझीले आरोप लगाएका छन् ।  निर्वाचनको मतगणनामा गल्ती भएको भनेर पटक पटक निर्वाचनका अन्य सदस्यहरूले समेत मत परिणाम घोषणा गर्न सुझाव दिँदा समेत निर्वाचन संयोजक पोखरेलले हतारमा मत परिणाम घोषणा गरी जजसलाई चित्त बुझ्दैन कानुनी प्रक्रियामा जानु भनेकाले आफूहरू बाध्य भएर सिडिओ कार्यालय, डिभिजन वन कार्यालयमा पुन मतगणनाको माग लिएर गएको नेपाली काँग्रेस कनकाईका सभापति नेत्रप्रसाद चिमरियाले बताए ।

पुन मतगणना नगरिए आफूहरू आन्दोलनमा उत्रिने माओवादी केन्द्रका नगर सचिव विष्णुप्रसाद बिमलीले बताए । हाम्रो मागलाई बेवास्ता गरिएमा सबैको जिम्मेवारी कनकाई वन समूहको निर्वाचन समितिले लिनुपर्ने उनको भनाई छ । यता निर्वाचन समितिका संयोजक बाहेक सबैको मतगणनामा असहमति रहेको र अन्तिम मुचुल्कामा कसैले पनि सही नगरेको कारण पनि मतगणनामा धाँधली भएको पुष्टि भएको उनीहरूको आरोप छ । 

सामुदायिक वनको निर्वाचनमा अध्यक्षमा ख्याम ओलीले उनका प्रतिद्वन्द्वी उम्मेदवार सन्तोष रायमाझीलाई १७ मतको झिनो अन्तरले पराजित गरेका थिए ।  निर्वाचनको मतगणनाको विषयलाई लिएर अहिले समाजमा विभिन्न मतमतान्तर आउन थालेको छ । 

सम्बन्धित समाचार