२०८१ जेष्ठ १३ गते , आईतबार

नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १ गते , बुधबार
नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु

झापा । सुनसरी इटहरी १४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई जना बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी ७ का १४ वर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ वर्षीय सायल चौधरी रहेको प्रहरीले जनाएको छ । 
मङ्गलवार बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरूलाई खोजी गरी प्रहरीले उपचारको लागी घोपा धरान लगेका थिए । उपचारको क्रममा भुर्तेलको मङ्गलवार राती ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
 

सम्बन्धित समाचार