२०७८ बैशाख २४ गते , शुक्रवार

हल्दिवारीकी साम्राज्ञी शर्माले जितिन् मिस टिन २०२१ को उपाधि

हल्दिवारीकी साम्राज्ञी शर्माले जितिन् मिस टिन २०२१ को उपाधि :: Times of Pradesh

झापा । मिस टिन २०२१ प्रदेश १ को उपाधि झापा हल्दिवारीकी साम्राज्ञी शर्माले जितेकी छिन् । मंगलवार विर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा शर्माले उपाधि हात पारेको आयोजक ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टका म्यानेजिङ डाइरेक्टोर प्रणित पुडासैनीले जानकारी दिए । उपाधि विजेता शर्माले नगद ५० हजार सहित ट्रफि पाएकी छन् ।

उनले उपाधि हात पारेसँगै अध्ययनका लागि छात्रबृत्ति पाउने छिन् । यस्तै, मिस टिन प्रदेश १ को फस्ट रनरअप दमककी सुरक्षा कार्की र सेकेण्ड रनरअप मोरङकी आशिका बजगाई बनेकी छन् । उनीहरुले क्रमशः नगद् २० र १५ हजारसँगै ट्रफि पाएका छन् । उनीहरु समेतले छात्रबृद्धि पाउने पुडासैनीले जानकारी दिए । प्रतियोगितामा प्रदेश १ का २१ जना प्रतियोगी सहभागी भएका थिए ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment